काभ्रे / जिल्लाको अति विकट गाउँपालिका भनेर चिनिदै आएको खानिखोला गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रास रुट अभियान चल्दै गर्दा खाली भाषण मात्रै गरिरहने दृश्य भन्दा पनि फरक दृश्य देख्न सकिन्थ्यो । गाउँपालिकाको वडा नं ७ मा मिसन ग्रास रुट अभियान चल्दै गर्दा सहभागी कार्यकर्ताहरूले बाटोमा भोक्दै आएको अफ्ठेरो लाई एकतामा बल हुन्छ भन्ने सन्देश केवल बोलीमा भन्दा पनि व्यवहारमा देखाएका छन् । वर्षौं देखि बस चल्ने कच्ची सडकमा डरलाग्दो यात्रा गर्दै आएको भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा जोखिम यात्रा गर्दै आएको थियो । खानीखोला ७ को कुलकुले भिरमा बिगत ६ महिना देखि सर्बसाधारण यात्रुहरु बोक्ने बसको चालक र यात्रुहरू आङ सिरिङ्ग हुँदै डरलाग्दो यात्रा तय गरि रहदा पनि स्थानिय सरकारलाई मतलब नभएपछी नेकपा एमाले खानिखोलाको मिसन ग्रासरुट अभियानमा श्रम शिबिर मार्फत निर्धक्क बस गुड्ने बाताबरण तयार गरेको नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शेखर लामाले बताए । उनले भने अब जनब यात्रुहरू डराउनु परेन । अब आङ सिरिङ्ङ भएर यात्रा गर्नुपरेन ।, आम यात्रीहरुले बाटोको अवस्था बारे सामाजिक संजालमा पोस्ट गरेको प्रसङ्गले हामिलाई झस्काउछ।,किन कि हामी श्रद्धाञ्जली लेख्न खोज्दैनौ । लामाले भने ।
लामाको टोलीमा गाउँपालिका कमिटी वडाको कमिटी सहित दुई दर्जन बढी युवा सो अभियानमा सहभागी थिए । एमालेको ग्रासरुट अभियानमा उक्त जनश्रमदान मार्फत सडकको अवरोध हटाउँदै गर्दाको टोलीको नेतृत्व पुर्व मन्त्री एवं पोलिटब्युरो सदस्य रामेश्वर फुँयालले गरेका थिए । उक्त कामको स्थानिय स्तर देखि सर्वत्र प्रशंसा भइरहेको छ ।

एमालेले मिसन ग्रासरुटमा पहरा फोर्न थालेपछि…
Prev Post
Next Post
एक पटक पढ्नुहोस