After header

दोलखाबाट ३ हजार ४० जना विद्यार्थी एसईईमा सहभागी हुँदै

दोलखा  । चैत १५

यस वर्षको माध्यामिक शिक्षा परीक्षाका लागि दोलखामा १९ जना केन्द्राध्यक्षलाई नियुक्ती प्रदान गरिएको छ । चैत्र १७ देखि २९ गतेसम्म सञ्चालन हुने परिक्षाका लागि एउटा परिक्षा केन्द्रमा एक जना हुने गरि १९ जना केन्द्राध्यक्षहरुलाई नियुक्ती प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ । परिक्षामा जिल्लाबाट नियमीततर्फ ३ हजार ३० जना र ग्रेड वृद्धितर्फ १० जना गरी ३ हजार ४० जना विद्यार्थी सहभागी हुने छन् । जिल्लामा ८७ वटा सामुदायिक विद्यालय, ११ वटा निजी तथा संस्थागत विद्यालय र एउटा खुल्ला विद्यालय गरी ९९ वटा विद्यालयबाट विद्यार्थीहरु सहभागी हुनेछन् । जिल्लामा एउटा खुल्ला सहित १९ वटा विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ ।

एक पटक पढ्नुहोस