धुलिखेल । काभ्रे जिल्ला अदालत धुलिखेलमा न्यायका लागि सेवाग्राहीहरु बर्षौ बर्ष धाउदा पनि न्याय पाउन नसकेको गुनासो बारम्बार आउने गरेको छ। तर पीडित र पिडक छुट्टाउन न्यायाधीशको अभाव नभए पनि सेवाग्राहीले चयन गर्ने छदमभेषी कानुन ब्यवसायीको असीमित लाभको अभिलासामा पीडित र पिडक दुबै पक्ष थप मर्कामा परेको कुरा सेवाग्राहीहरुले बताउँदै आएका छन् ।

त्यसै गरि न्याय नपाउदा अन्तिम विकल्प अदालतको ढोका ढकढकाउने नै हो।तर अदालतमा प्रदेश गरेपछि कानुनमा उल्लेख भए अनुरुप पक्ष र बिपक्षीको गुनासोका आधारमा संविधानमा उल्लेख भए अनुरुप ऐनको परिधिभित्र रहि बहस गर्न कानुनी ब्यावसायी आबस्यक पर्दछ। सेवाग्राहीलाई सेवा दिने कानुनी ब्यवसायीलाई छदमभेषी कानुन ब्यवसाहीका कारण बदनाम बनाएका छन्।

पीडित र पिडक आपसी समझदारीमा मिल्ने चाहना हुदाहुदै पनि २/४ पैसाको अभिलाषामा कानुन ब्यावसायीले न्यायालयलाई गुमराहमा राखी मुद्दा माथी मुद्दा थप्दै सेवाग्राहीलाई छलछाम गर्न सफल भएका छन् । त्यसको एक उदाहरण यो हो । जिल्ला अदालतमा पनौती न पा ४ का सेवाग्राही बुद्ध तामाङ र श्रीमति गुणमाया तामाङ बिच मुलुकी देवानी संहिता,२०७४ को दफा ९४ नं बमोजिम सम्मानित अदालत समक्ष गत बर्ष २०७८ असार २२ गते लोग्नेस्वास्नीको नाता सम्बन्धबिच्छेद गरी पाँउ भनि मुद्दा दायर भएको थियो। बर्षौ बितिसक्दा पनि कानुन ब्याबसायी दिपक जंगमका कारण केश माथी केस थप्दै सेवाग्राहीलाई घर न घाटको बनाइरहेको गुनासो सेवाग्राहीबाट पटक पटक नआएको होइन। न्यायालयले पेशि नदिएको गुनासो गर्न लगाउने अधिबक्ताले नै पेशि रोकि रोकि सेवाग्राहीसंग अत्याधिक लाभ लिने मनसाय देखीएको गुनासो छ ।
जिल्ला अदालतले मेलमिलाप गर्न सक्ने सम्भावना रहेको मुद्दालाइ आपसी समझदारीमा मेलमिलाप गराउन पहल गरे पनि अधिबक्ता जंगमले बिथोल्ने गरेको गुनासो सेवाग्राहीबाट पटक पटक आइरहेको थियो। त्यसै गरि सम्मानित जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराइको इजलासले सेवाग्राही तामाङको मुद्दामा मेलमिलापको सम्भावना रहेको हुदा श्रेस्तेदार गोबिन्द प्रसाद घिमिरेलाई मेलमिलाप कर्ताको रुपमा तोकिएको थियो। १५ गते बुधबार श्रेस्तेदार घिमिरेले पक्ष र बिपक्ष(पिडित-पिडक) बिच महत्त्वपूर्ण छलफल पछी मेलमिलाप गर्न तयार भए लगत्तै मिलापत्र लेख्दै गर्दा एक्कासि श्रेस्तेदारको कार्यकक्षमै प्रवेश गरि अधिबक्ता दिपक जंगमले यो केश मिल्नु हुदैन भन्दै घिमिरे माथि हातपात गरेको जानकारी घिमिरेले बताएका छन् । 
तसर्थ यसै बिषयमा श्रेस्तेदार घिमिरेले पक्षहरु मिल्न तयार हुन्छन् तर छदमभेषीहरु २ रुपियाको स्वार्थमा मेलमिलापकर्ताको आब्रो तोड्छन् र मेलमिलाप हुन दिदैनन् । आज त घाटी नै न्याक्न आए एउटा महान विद्वान ॥ इजलासले फलानोलाई मेलमिलापकर्ता भनेर तोकेको छ । पक्षहरु मन्जुर छन् तर ….पक्ष मिलेको विषयमा व्यवधान गर्नेको प्रमाणपत्र रद्ध हुने कानूनी व्यवस्था होस् भनि आफ्नो सामाजिक संजालमा लेखेका छन्।
यसरी दिन दहाडै न्यायको घाटि निमोठिन्छ भने कालोकोट धारी उक्त छदमभेषीलाई कारवाही कस्ले गर्ने? उक्त घटनाका पत्यक्ष दर्सी जिल्ला बार एसोसिएसनका अध्यक्ष बिष्णु सापकोटाले उक्त घटना बारे पकै पनि केही न केही कदम चाल्नु भइ कानुन ब्याबसायीको साख जोगाउनु हुनेछ भन्ने विश्वास लिएको बारका एक अधिवक्ता बताउँछन् । हातपात गरि घाटी न्याक्न गएका अधिबक्ता माथी सम्मानित जिल्ला अदालतले प्रमाणपत्र रद्ध गरि न्यायालयका न्यायाधीश प्रती उच्च सम्मान गर्न सक्ने बाताबरण सृजना गर्नु हुनेछ भन्ने सम्पुर्ण देशबासीको अपेक्षा रहेको छ। यस्ता बदनियतबस सेवाग्राहिलाइ पीडा माथी पीडा दिने कानुन ब्यावसायी माथी कानुन व्यावसायी संगठन,सिङ्गो वार र अदालतले के कस्तो कारबाही अगाडी बढाउने छ त्यो भने हेर्नै बाकी रहेको ती अधिवक्ता भन्छन् । यता घटना बारे श्रेष्तेदार घिमिरेले भने पटक पटकको प्रयासपछि मिलापत्र गराउन खोज्दा पनि उहाँले असहयोग गर्दै आएको र बुधबार एक्कासी आफुमाथि जाई लागेको बताए ।नेपाल बार एशोसिएसन काभ्रे इकाइका अध्यक्ष विष्णुप्रसाद सापकोटाले पनि घटना भएपनि ठूलो इस्यु नभएको बताउँदै आए पनि यो केवल व्यक्ति विशेष भन्दा पनि बार र नागरिक बीचको सम्बन्ध कस्तो बनाउने भन्ने रहेको बताउँदै अधिकांश बारका अधिवक्ताहरु जंगम लाई कारबाही हुनु पर्ने तर्फ जोड दिइरहेका छन् ।
यसैबीच आज बिहीबार जिल्ला अदालत काभ्रेका कर्मचारीहरुको तर्फबाट अदालतभित्र श्रेष्तेदार नै असुरक्षित्र भएकोले काम गर्न असहज भएको भन्दै जिल्ला न्यायधिशलाई ध्यानाकर्षण पत्र बुझाएको अदालतका अधिकृत अप्सरा चापागाईले जानकारी दिएकी छिन् । उक्त ध्यानाकर्षण पत्रका विषयमा प्रमुख न्यायधिशहरु मोहनराज भट्टराई, जिल्ला न्यायधिश राजेन्द्र नेपाल, जिल्ला न्यायधिश रिताकुमारी बख्रेल, तहशिलदार शेषराज दाहाल, अधिकृत अप्सरा चापागाई र कुशुम थापाहरुको संयुक्त बैठकले बारका अध्यक्ष विष्णुप्रसाद सापकोटाको उपस्थितिमा श्रेष्तेदार तथा मेलमिलापकर्ता माथि हातपात तथा अभद्र व्यवहार गरेका ठहर गर्दै अमर्यादित र अपमानमान जनक व्यवहार गर्ने अधिवक्ता दिपक शर्मा जंगममाथि आवश्यक कारवाही गर्न जिल्ला बार इकाइलाई लेखि पठाउने निर्णय गरेको छ ।
यही क्रममा अदालतले यस विषयलाई बार इकाइका पदाधिकारीसँग राय माग गरेपनि बार बैठक बसे पछिमात्र यस घटनाबारे बार इकाई धारणा बनाउने र आवश्यकता अनुसार बार बेञ्च बस्ने बारका एक पदाधिकारीले बताएका छन् ।
