काठमाडौ/ निर्देशक अमर ओलीका सपनाहरु आधा अधुरा सार्वजनिक भएको छ । अहिलेका व्यस्त निर्देशक ओली निर्देशित प्रशान्त पौडेल तथा अस्मिता अधिकारीको सुमधुर स्वरले सजिएको गीत सपनाहरु आधा अधुराको गीती भिडियो सार्वजनिक भएको हो । प्रेमिल जोडीको मनोभावनालाई समेटिएको गीत निकै नै कर्णप्रिय रहेको छ । गायक प्रशान्त पौडेको शब्द, संगित रहेको सपनाहरु आधा अधुरालाई नरेन्द्र वियोगीले मिक्सिङ गरेका छन् ।

‘सुखमा सँगै हुन पाउँ म, दुःखमा सँगै रुन पाउँ म, परेली तिम्रा छुन म’
माया प्रेममा रम्दै सँगसँगै जीवनका हर पल विताउन चाहने प्रेमीको भावलाई सचित्र गीतमा उतारिएको छ । निकै नै मर्मस्पर्शी प्रमिल भवनाले ओतप्रेत गीतको भिडियोमा गोकर्ण ओली र मिस पविले उत्कृष्ट अभिनय गरेका छन् ।
गीतको भिडियोलाई आकर्षक दृश्य समेटी अझै उत्कृष्ट बनाउन छायाँकार अजय रेग्मीले निकै नै मेहनत गरेको देखिन्छ । भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् भने रंग संयोजन मिलन विश्कर्माले गरेका छन् । भिडियोमा अमेशको श्रृङ्गार रहेको छ ।

यो माया पनि के रैछ के रैछ, तिमीलाई आफ्नो भन्ने चाहना धेरै छ
मायामा नै संसार देख्नेहरुको एउटा अपुरो सपना भिडियोमा प्रष्ट पार्न खोजिएको छ । मिठो क्रियशनको प्रस्तुति अनि मिठो क्रियशनले बजारमा ल्याएको सपना आधा अधुरा आम गीत संगीत प्रेमीहरुको लागि एउटा राम्रो खुराक बनेको छ ।
सँधै साथ दिन्छौ र हात समाइ हिंड्छौ र जीवनको बाटोमा
माया नै दिउँला मायाको साटोमा
सपनाहरु आधा अधुरा, मिलेर सँगै गरुँला पुरा
