After header

दुर्घटनामा घाइते मन्त्री सिंहको निधन 

धनगढी । सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

मन्त्री सिंहको उपचारका क्रममा निधन भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

मंगलबार मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा हुँदा गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका मन्त्री सिंह,उनका पीसीओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियोे । घाइते भण्डारी र जोशीको उपचार भैरहेको मेडिकल कलेजले जनाएको छ ।

दुर्घटनामा परी सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । ।

एक पटक पढ्नुहोस