काभ्रे/ यौनहिसां आरोप लागेको शिक्षक छवि गौतमलाई आज शुक्रबार ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । गत शुक्रबार काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि माविका छात्राहरुले आफूहरुलाई विद्यालयका शिक्षकले यौन दुबर््यवहार गरेको भनि विद्यालयमा उजुरी दिएपछि फरार रहेका गौतलाई आज प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा गणित शिक्षक छवि गौतमले आफूहरुलाई पटक पटक विभिन्न बहानमा यस्तो हर्कत गदै आएको भनि कक्षा १० मा पढ्ने १० जना छात्राहरुले सामुहिक विद्यालय व्यपस्थापन समितिलाई उजुरी दिएका थिए ।
उजुरी परेपछि पनि विभिन्न बहान गदै विद्यालयले प्रहरीका उजुरी दिन नगएपछि गत मंगलबार पनौती वडा नं. २ को कार्यालयमा भेला भएका स्थानिय अभिभावक, बुद्धिजिवि, नागरिक समाज, विभिन्न विद्यार्थीहरुको सगसगठन एवं शुभचिन्तकहरुको चर्को दवावपछि विद्यालयले प्रहरीकोमा किटानी जाहेरी दिएको थियो ।
कोठाभित्रै यौन दुर्ब्यवहारको आरोप लागेका पनौती नगरपालिका वडा नम्बर २ मा रहेको कुशादेवी माध्यामिक विद्यालयका शिक्षक छवि गौतम आज शुक्रबार बनेपाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिए ।
विद्यालयका छात्राहरु, विद्यालय व्यवस्थापन समिति एवं अभिभावकहरुले किटानी जाहेरी दिएको दुई दिन नबित्दै हामीले आरोपी शिक्षकलाई बनेपा वडा नं. ८ बाट पक्राउ गरेको उनले जानकारी दिए ।
उनी शिक्षक गौतम विरुद्ध बालयौन दुरपयोग कसुरमा मुद्दा चलाउने गरि आजै जिल्ला अदालतमा म्याद थपको लागि तयारी रहेको डीएस्पी बोहोराले जानकारी दिए ।
