काभ्रे । – यतिबेला टिकटकमा सरिता…….. बोलको गीत गाउदै भाइरल भएका पाँचखाल नगरपालिका वडा न १ अनैकोटको अर्जुन पौडेल हाल दु:खद अवस्थामा रहेको देखेर सहयोगी मनहरु सहयोग लिएर उनको घर पुगेकाछ्न । पछिल्लो समयमा पशुहरुलाइ लाग्ने रोग लम्पी स्किन रोग बाट गाई मरेको भन्दै दु:खद अवस्थामा सामाजिक संजालहरु पौडेलको भिडियो भाइरल भएको थियो । गाई मरेर दु:खद अवस्थामा रहेका पौडेल लाई बनेपा निवासी राज कुमार थापा सहित थापाको परिवार बाट सहयोग गरिएको छ ।

पौडेलको निवासमा सहयोगी मनका धनी राजकुमार थापा, बेल बाहदुर थापा, श्याम कृष्ण थापा, रबि थापा, हर्क थापा, रसिला थापा,दिनेश थापा, रिता, रमिला थापा लगायत सहयोगिहरु पुगेका थिए । बुधबार पौडेलको घर रहेको अनैकोटमा थापा परिवार पुगेका हुन ।
कसै सङ सहयोग मागेर भन्दा पनि आफ्नै परिवार बाट पनि दुखमा परेको ब्यक्तिलाई सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले दाजुभाइ भाउजू हरु सङ सल्लाह गरेर अर्जुन पौडेलको घरमा पुगेको राजकुमार थापाले जानकारी दिए । हामी घर परिवार भित्रै सल्लाह गरेर सकेको सानो सहयोग लिएर पुगेको थापाले भने ।
थापा परिवारले पौडेललाई चामल, दाल, चिनी, मैदा, बिस्कुट लगायत दैनिक जिवनमा प्रयोग हुने सामग्री सहयोग गरिएको थियो । स्थानीय सरकारले नदेखिएको किसानको दुखमा थापा परिवारको सहयोग एक समाजको लागि उदाहरण भएको छ । लम्पि स्किन पिडित किसानहरुको हितमा सरकारले केही नगरेको समयमा एउटा परिवार बाट भएको यस्तो सहयोग अमुल्य रहेको अनैकोटका स्थानीयहरुले बताएका छन ।