After header

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा नव आगन्तकलाई भव्य स्वागत

काभ्रे/  जिल्लाकै नमुना विद्यालय ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत एवं कक्षा १२ र एस.ई.ई. को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले शनिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरेका थिए । विद्यार्थीहरुलाई स्वागत साथै सुनौलो भविष्यको कामना सहित सधै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्तीका लागि यस संस्थाबाट हर हमेसा सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक बैद्यले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक स्वागत तथा कक्षा १२ र एस.ई.ई परीक्षा उत्तिर्ण भाइबहिनीहरुलाई बिदाईका साथै, उज्वल भविष्यको शुभकामना समेत दिएका थिए ।

विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि भईरहेको समेत उनको भनाई थियो ।

_autotone

कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल लगायतले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हासिल गर्न सामाजिक , सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । अपौचारिक पहिलो चरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापा लगायतले विद्यार्थीहरुलाई टिका र खादा प्रदान गरेका थिए ।

एक पटक पढ्नुहोस