काभ्रे। आफ्नै बारीको डिलमा रहेको रुखको स्याउला काट्न जाँदा रुखले छोएको करेन्ट शरीरमा प्रवाह हुँदा एक जनाको निधन भएको छ । सोमबार साँझ ६.३० बजेको समयमा काभ्रे जिल्लाको पाँचखाल न.पा १० ढुङ्गेटार बस्ने बर्ष ५८ को काईला तामाङ, करेन्ट लागी बाहिरी चोट नभएको, तर बोल्न नसक्ने अवस्थामा गम्भिर, भई ७ बजेको समयमा उपचारको क्रममा धुलिखेल अस्पतालम निधन भएको प्रहरीले जनाएको छ । घाइते हुनेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईते भई उपचार भइरहेका
सोही स्थान बस्ने वर्ष ४२ को कान्छा तामाङको अवस्था बाहिरी चोट नभएको, बोल्न सक्ने, अवस्था सामान्य रहेको बताइएको छ ।
