After header

एनप्याब्सनद्वारा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना

काभ्रे । नेशनल प्याब्सन काभ्रे ले शुक्रबार एनप्याब्सन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सप्पन्न गरेको छ । जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य , नेशनल प्याब्सन केन्द्रका उपाध्यक्ष शम्भु अधिकारी , उपमहासचिव प्रकाश खड्का, नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष डि.एन .महत्तो , नेशनल प्याब्सन काभ्रेका अध्यक्ष  अग्नि ज्ञावाली प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पत्रकारहरु , जिल्ला कार्यसमिति सदस्यहरु तथा विभिन्न प्रकाशनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेशनल प्याब्सन काभ्रेका सचिव सुर्य पौडेलले स्वागत मन्तब्य राखेका थिए ।

प्रमुख अतिथिले गीत प्ले गरेर उद्घाटन गरेको सो कार्यक्रममा नेपाल नृत्य महासघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द र नेपाल नृत्य महासघ बागमती प्रदेशका उपाध्यक्ष  दिपक बर्ज्राचार्य निर्णायकको भुमिकामा थिए ।कार्यक्रममा जुनियर र सिनियर गरि नौ वटा समुह प्रतियोगितामा सहभागी थिए ।

जसमध्ये जुनियरमा उग्रचण्डी बोर्डिङ स्कुल प्रथम , पनौती बोर्डिङ स्कुल द्धितिय, सेन्टलम एल्वम एकेडेमी तृतीय ग्रामिण पाठशालाले उत्कृष्ट भेषभुषा र न्यु मोडेल एकेडेमीले उत्कृष्ट पर्फमेन्समा अवार्ड प्रदान गरिएको थियो ।त्यसैगरी सिनियर तर्फ सेन्टलम एल्वम एकेडेमी प्रथम , पनौती बोर्डिङ स्कुल द्घितिय र उग्रचन्डी बोर्डिङ तृतीय र उत्कृष्ट पर्फमेन्सको रुपमा ग्रामीण पाठशाला लाई अवार्ड प्रदान गरिएको थियो ।कार्यक्रम विशिष्ट अतिथि प्याब्सन काभ्रेका अध्यक्षले नेसनल प्याब्सनले राम्रो कार्यको सुरुवात गरेको भन्दै यस्ता कार्यले बालबालिकाको प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै एनप्याब्सन केन्द्रका उपाध्यक्ष श्री शम्भु अधिकारीले अब यस्ता कार्यक्रम प्याब्सनलाई पनि मिलेर संयुक्त गरि नयाँ आयाम थप्न आग्रह गरेका छन् ।

प्रमुख अतिथिले निजि स्कुलले पनि नेपालको शैक्षिक सुधारमा अहम भुमिका निर्वाह गर्दै आएकोले सरकारले शैक्षिक नीति तथा कानुन बनाउदा निजि स्कुललाइ उपेक्षा गर्ननहुने बताउँदै यस्ता कार्यक्रमहरु निरन्तर गरी बालबालिकालाई नेपाली कला सस्कृतीप्रती जिम्मेवार बनाउन आग्रह गरेका छन् ।

एक पटक पढ्नुहोस