After header

मुगुको मुन्दु सामुहिक हत्या प्रकरण : संकाश्पत एक जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

 मुगु ।मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउमा सामुहिक हत्या भएको ४ दिन पछि प्रहरिले एक जना शन्कास्पद व्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो अन्दाजी १२ बजे तिर जिल्ला सदरमुकाम गमगढी स्थित विच बजार (नगरपालिका जाने बाटो )बाट प्रहरीले शन्कास्पत ती व्यक्तिलाइ नियन्त्रणमा लिएको हो ।

प्रहरिले नियन्त्रणमा लिएको ती व्यक्ति बारेको विस्तृत सुचना भने गोप्य राखेको छ ।

हत्या अनुशन्धानका लागि ११ गते नै जुम्ला,कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोलि मुगु पुगि अनुशन्धान गरि रहेको थियो ।

आइतबार विहान हत्यारा नजिक प्रहरी पुगि सकेको प्रनाउ विरेन्द्र थापाले बताउनु भएको थियो ।

प्रनाउ थापाले भन्नुभयो शन्कास्पत र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाइ प्रहरिले नियन्त्रणमा लिएको साचो हो एकिन र विस्तृत घटना बारे थप अनुशन्धान पछि सबै कुरा सार्वजनिक गरिने छ ।

यसै विच कर्णाली प्रदेश प्रहरी प्रमुख भिम ढकाल आइतबार मुगु पुग्नु भएको छ ।

अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुग्नु भएको हो ।

प्रदेश प्रहरी प्रमुख ढकाललाइ प्रनाउ विरेन्द्र थापाले घटना स्थलको स्थलगत भ्रमणमा सघाइ रहनु भएको छ ।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो।

यो टोलीले शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

एक पटक पढ्नुहोस