काभ्रे । पराल बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । काभ्रे जिल्लाको पनौती न.पा.०२ सिलाभन्ज्याङ स्थितमा कुशादेवी बाट नयाँ गाँउ तर्फ जादै गरेको बा. ४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई सडक बाट ६०० मिटर तल खस्दा निसानमा सवार ३ जना घाईते भई उपचारको लागी सिरमेमोरीयल अस्पताल पठाएको मा घाइते मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उक्त घटनामा चालक – जिल्ला काभ्रे पनौती न.पा.२ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य अस्पताल ल्याई पुऱ्याउदा मृत्यु भएको यस्तै जिल्ला काभ्रे बेथानचोक गा.पा. २ बस्ने बर्ष ५० को शिब बिक्रम केसी अस्पताल ल्याई पुऱ्याउदा मृत्यु भएको बताएका छन् ।
यस्तै जिल्ला काभ्रे बेथानचोक गा.पा. २ बर्ष ४५ की सारदा तिमल्सिना टाउको घाँटीमा, दुबै हात खुट्टामा चोट र अवस्था गम्भिर रहेको डिएसपी श्रेष्ठले बताए ।
