After header

उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने

काठमाडौं/  भुकम्प प्रभावितका लागि उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरको खर्च नेपाल आयल निगमले बेहोर्ने जनाएके छ ।नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०८०÷८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक पटक पढ्नुहोस