After header

भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं ः प्रधानमन्त्री दाहाल

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले गर्नुपर्ने काममा केही कसुर बाकी नराखी लागि परेको बताएका छन् । यस विपतमा सबैले एकजुट भई आ–आफ्नो तहबाट सहयोग गर्न समेत उनले आग्रह गरेका छन् ।

शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे ।

मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै उनले भने, ‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ ।’ भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उनले बताए । ‘भोलि विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाइसकेको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा लाग्छौं’, प्रधानमन्त्री प्रचण्डले भने ।

एक पटक पढ्नुहोस