काठमाडौँ/ भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ४३ पुगेको छ । जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
