After header

हातखुट्टा बाँधिएको अवस्थामा बोराभित्र भेटियो पुरुष र महिलाको शव

चितवनचितवनमा हातखुट्टा बाँधिएको अवस्थामा बोराभित्र भेटियो पुरुष र महिलाको शव 

चितवनमा बोराभित्र पोको पारेको अवस्थामा दुई वटा शव फेला परेको छ। बुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अन्दाजी ३०/३२ वर्षका जस्ता देखिने पुरुष र महिलाको शव जुटको एउटै बोराभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार दुवै जनाको हात–खुट्टा बाँधिएको अवस्थामा भेटिएको हो।

माछा मार्न खोलामा गएका केही मानिसहरुले उक्त बोराबाट गन्ध आएको पाइएपछि प्रहरीलाई खबर गरेका थिए। अहिले उक्त शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ। शवबारे कुनै पहिचान हुन नसकेको डीएसपी पण्डितले जानकारी दिए।घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

एक पटक पढ्नुहोस