After header

बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

बर्दियाबर्दियाको बारबर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो बारबर्दिया नगरपालिका– ४ बैरियाका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए।

घर नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि अस्ताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल लगिएको छ।

एक पटक पढ्नुहोस