After header

फुटबल रेफ्रि प्रशिक्षण तालिम धुलिखेल शुरु हुदै

काभ्रे / स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथमा काभ्रे जिल्लाको धुलिखेलमा यहि माघको २१ गते देखि रेफ्रिहरुको प्रशिक्षण तालिम शुरु हुने भएको छ ।बागमती प्रदेश फुटबल संघद्धारा आयोजित, प्रदेश खेलकुद विकास परिषद्को विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा यहि माघ २१ देखि २७ गते सम्म जिल्ला स्तरीय रेफ्रि कोर्ष अन्र्तगतको क्याटगोरी ४ फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम हुने आज शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा बागमती प्रदेश फुटबल संघका अध्यक्ष निरोज श्रेष्ठले बागमती प्रदेशका १३ वटा जिल्ला मध्ये ११ जिल्लाका ३ जनाका दरले प्रशिक्षण दिने बताए । हामीले खेलकुदलाई नै केही गरौ भन्ने उदेश्यले यो प्रशिक्षण दिन तयारी गदै गरेको बताए । जिल्लामा खेल हुदाँ अन्तबाट रेफ्रि मगाउनु पर्ने र त्यसमाथि पनि रेफ्रि पाउन मुस्किल भएका कारण प्रत्येक जिल्लामा रेफ्रि होस् र खेलकुदलाई अझै विकास गरौ भन्ने उदेश्यले यसको आयोजना गरेको श्रेष्ठले जानकारी दिए ।

तालिमभर रेफ्रिहरुलाई खेल मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने तालिम प्रदान गर्नुका साथै पाठ्यक्रम व्यवहारिक र सैद्धचान्तिक दुवै हुने उनले बताए । यसको मेन उदेश्य भनेको रेफ्रिहरुलाई फुटबल सम्बन्धि आधारभूत शिप र प्रविधिको विकास गर्न तालिम दिनु नै हो उनले भने ।कार्यक्रममा बागमती प्रदेश फुटबल संघका महासचिव नवराज ठकुरीले सात दिने प्रशिक्षण कार्यक्रममा करीब १० लाख ६२ हजार ५ सय खर्च हुने बताए ।

हामीले यस प्रशिक्षणमा ४० जना रेफ्रिका लागि प्रशिक्षण दिने उदेश्यले तयारी गरिरहेको उनले बताए । उक्त प्रशिक्षणमा सहभागि भई उर्तिण रेफ्रिहरु जिल्ला स्तरीय फुटबल प्रतियोगितामा भाग लिन सक्नेछन् । लाईसेन्स लिनका लागि खेलाडी, पुर्व खेलाडी तथा फुटबल खेल सँग आवद्ध भएका ब्यक्तिहरुले तोकेको मापदण्ड अनुसार सहभागि भई परीक्षा दिन पाउनेछन् । १८ वर्ष पुगेका र ३५ वर्ष ननाघेका ब्यक्तिहरु प्रशिक्षणमा सहभागि हुन सकिने उनले जानकारी दिए । प्रशिक्षार्थीहरुले दर्ता शुल्क ७ हजार ५ सय बुझाउनु पर्ने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रशिक्षणका लागि प्रदेश खेलकुद विकास परिषद्ले ५ लाख दिने र छ भने अन्य सहयोग विभिन्न क्षेत्रबाट उठाउने योजना रहेको समेत उनले जानकारी दिए । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ७ दिनको आवासिय सुविधा सहित पोशाक र खेलकुद सामाग्री समेत संघले उपलब्ध गराउने आयोजको जनाएके छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले यहि माघ २१ गते बाट हुन गईरहेको प्रशिक्षण शुभकामना दिदै तालिमा सहभागिहरुलाई काभ्रे जिल्लाको विभिन्न ठाउँको भ्रमण गराउन समेत उनले आग्रह गरे ।

खेलकुद मानिसका लागि अति आवश्यक चिज भन्दै यस्ता प्रशिक्षणले गर्दा भोलि जिल्लामा हुने खेलका लागि झनै राम्रो हुने बताए ।पत्रकार सम्मेलनमा सघका उपाध्यक्ष बाबुराजा श्रेष्ठ जिल्लामा खेल भईरहँदा रेफ्रिको खाँचो नहोस् भन्ने उदेश्यले यस्तो प्रशिक्षणको आयोजना गरिएको बताए ।

एक पटक पढ्नुहोस