After header

खुकुरी प्रहार गरी पतिले गरे पत्निको हत्या

पाँचथर । जिल्ला को मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेकी ३५ वर्षीय गोमा फियाक लाइ आफ्नो पति ले खुकुरी प्रहार गरि हत्या गरेका छन् ।

विहिबार साँझ ८ बजे तुम्वेवा ४ स्थित घरबाट मिक्लाजुङ ३ मा रहेको ससुराली घर पुगेका ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गर्दा फियाकको मृत्यु गएको हो। उक्त घटना जिल्ला प्रहरी कार्यालय पाँचथरका (सूचना अधिकारी ) सुमित कुश्वाहाले जानकारी दिए ।

सुचना अधिकारी का अनुसार खुकुरी प्रहार हुदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छिमाया फियाक घाइते भएका छन। घाइतेहरुलाई उपचारका लागि दमक तर्फ पठाइएको छ ।

गोमा मिक्लाजुङ ३ स्थित माइती घरमै बस्दै आएको अवस्था थियो । यसैविच ससुराली घर आइपुगेका कुरुम्वाङ र विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको स्थानीयले जनाएका छन । कुरुम्वाङले पत्नी सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरिक्षक दिवस कुँवरको कमाण्डमा प्रहरी टोली घट्नास्थल पुगेको जनाएको छ । यस्तै इलाका प्रहरी कार्यालय रबि बाट समेत प्रहरी टोली परिचालन भएको कुशवाहले बताए । आफ्नो पत्नी को हत्या पश्चात कुरुम्वाङ फरार रहेको र खोजीका लागि स्थानीय र प्रहरी खटेको छ ।

एक पटक पढ्नुहोस