After header

बसको ठक्करबाट ट्राफिकका सई घाइते

काठमाडौँ । बसको ठक्करबाट डिउटीमा रहेको सई घाईते भएका छन् ।कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक सईलाई आइतबार प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्री घाईते भएका छन् ।

कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । घाइतेको माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहको छ । ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक पटक पढ्नुहोस