काठमाडौं । नेपाल प्रहरीले पुण्य गौत र युवराज सफललाई आज पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका गौतम र युवराजलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला, नारावाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार, अहिले दुवै जनालाई प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ ।
उनीहरुले चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
