After header

चौंरीदेउरालीमा अध्यक्ष गोल्ड कप फुटबल २९ गतेबाट शुरु हुने

काभ्रे । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा गाउँपालिका स्तरीय ‘पाँचौ अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता २०८०’ फागुन २९ गतेबाट हुने भएको छ । वडा नं. ३ का वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंका अनुसार प्रतियोगिता फागुन २९ गतेदेखि काफ्ले खेल मैदान, चौंरीदेउराली गाउँपालिका वडा नं. ३ मा हुने बताए ।

खेलका लागि टिम दर्ता फागुन २७ गते सम्म रहेको उनले जानकारी दिए । प्रतियोगितामा सहभागी टिम छनौट गरी वडाको सिफारिस पत्र सहित सहभागी गराउनु पर्ने, . खेलाडी तथा प्रशिक्षकको नागरिकता प्रमाणपत्र र परिचय पत्र खुल्ने सरकारी कागजातको प्रतिलिपि र पासपोर्ट साईजको फोटो २ प्रति सिफारिस पत्र साथ संलग्न हुनु पर्ने, प्रत्येक टिममा १८ जना खेलाडी १ जना प्रशिक्षक सहित १९ जना सहभागी गराउनु पर्ने, खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदा खेलाडी पोसाकमा हुनुपर्ने र खेलाडी तथा सहभागीहरुले खाना, बास तथा यातायात लगायतको अन्य व्यवस्था आफै गर्नुपर्ने उनले जानकारी दिए ।

गाउँपालिकाको आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुसार सो प्रतियोगिता हुन लागेको वडा अध्यक्ष चौंलागाईंले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले खेलकुदको माध्यमबाट युवा जगतमा अनुशासन एवं आचरणमा सुधार ल्याई शारीरिक, मानसिक एवं बौद्धिक विकास गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रत्येक वडाहरुबाट सहभागि हुने उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस