After header

बनेपा नगर भित्रका किसानलाई हाते ट्याक्टर वितरण

काभ्रे । कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले बनेपा नगरापकिलाले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पालिकाभित्रका कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यन्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले ६५ वटा हाते ट्याक्टर वितरण गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए ।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो । ‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो, काम गर्ने मान्छे छैनन्,’ ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं । मेयर शाक्यले भने ।कार्यक्रममा नगरपालिका उपप्रमुख विमला सापकोटाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उनले बताईन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले अनुदानमा लिएको यस हाते ट्याक्टर दुरुपयोग नभई यसलाई सदुपयोग गरेर किसानले सहजता लिन आग्रह गरे । कार्यक्रममा कृषि शाखाका प्रमुख गणेश बहादुर थापाले किसानका हितका लागि नै बनेपा नगरपालिका किसानका लागि हरेक काम गदै आएको बताए ।

नगर भित्र रहेको १४ वडाका ६५ जना किसानहरुलाई आज हाते ट्याक्टर वितरण गरेको बताए । लगभग ३२ हजार पर्ने हाते ट्याक्टर किसानका लागि ५० प्रतिशत अनुदानमा १६ हजारमा दिएको उनले जानकारी दिए । स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवालाई आकर्षित गर्न अनुदानमा सहयोग गरिएको उहाँको भनाई थियो । हामीले अनुदान रकममा दिएको हाते ट्याक्टर वास्तविक किसानलाई दिएको उनको भनाई थियो ।

अहिले बनेपा नगरपालिकाले किसानका लागि धेरै गरेको भन्दै किसानले भोलिका दिनमा पनि यससलाई निरन्तर दिन आग्रह गरेका थिए । कृषि खेती गर्न अझै उत्साहित भएको किसानले बताए । हाते ट्याक्टरले ठूलो राहात हुने कृषहरुको भनाई छ ।

एक पटक पढ्नुहोस