After header

सहकारी दिवसको अवसरमा लोकगित प्रतियोगिता सम्पन्न

काभ्रे । समुद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान भन्ने मूल नाराका साथ स्थापित जिल्ला सहकारी सघं काभ्रेले विभिन्न कार्यक्रम सहित सहकारी दिवस मनाएको छ ।६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काभ्रेमा रहेको जिल्ला सहकारी संघले सहकारीका मर्म र कथा आधारित लोकगित प्रतियोगिता समेत सम्पन्न गरेको छ । सघका अध्यक्ष दिलिप शर्माका अनुसार सहकारीको सन्देशमुलक लोकगित प्रतियोगिताले जिल्लामा थप सन्देश प्रवाह गर्ने उदेश्यले यस लोकगित प्रतियोगिताको आयोजना सहित यस पटकको ६७ औंै सहकारी दिवस मनाईएको जानकारी दिए ।

सहकारी संस्थाहरुमा हाल देखिएका बिषयहरुमा नकारात्मक मात्र टिक्का टिप्पणी आइरहेका बेलामा सन्देशमूलक गीतको माध्यमबाट सकारात्मक बिषयहरु उजागर गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।सबै सहकारी भनेको जस्तो नभइपनि केही सहकारीका कारण पुरै सकहारीहरु बदनाम हुनले पनि यसको केही राम्रो सदेन्श जायोस् भन्ने हित यस्ता खालको कार्यक्रम जिल्लामा गरेको उनले बताए ।

कार्यक्रममा विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरु मध्ये ३० वटा सहकारीहरुले सहभागिता जनाएका थिए । आफ्नै भवनको प्रांगणमा भएको उक्त कार्यक्रममा बाद्यवादन, स्टेज, राष्ट्रियस्तरका कलाकारहरुद्धारा सहभागि संस्थाहरुले गायका गीत तथा भाकाहरुको मूल्यांकन गरिएको थियो । सबै संस्थाहरुले हाल सहकारीमा देखिएका समस्या, समाधानका उपाय, मूल्य, मान्यता, सहकारी ऐन, नीति आय आर्जन, रोजागारी ल्याउका क्षेत्रमा गीत तयार गरी गायनमा भाग लिएका थिए ।

विभिन्न भाकामा गायन भएको उक्त प्रतियोगितामा एउटा संस्थाको लागि ७ मिनेट समय उपलब्ध गराइएको थियो भने एउटा समूहबाट बढीमा ७ जना सम्म सहभागि हुन पाउने व्यवस्था अनुसार प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय सहित एउटा समूहलाई सान्त्वना पुरस्कार क्रमश ः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद, प्रमाण पत्र सहित पुरस्कारको व्यवस्था आयोजकबाट व्यवस्था गरिएको थियो ।

जसमा प्रथम पुरस्कार श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. पनौती ९, दोश्रो पुरस्कार बुडोल सामूदायिक सहकारी संस्था लि. बनेपा ६, तृतीय पुरस्कार अग्रसर पञ्चामृत सहकारी संस्था लि. मण्डनदेउपुर ११ र सान्त्वना पुरस्कार श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. चौंरी देउराली ३ ले विजेता भएका थिए ।

सबै सहभागिहरुलाई समापन कार्यक्रममा संघका अध्यक्ष दिलिप शर्माले पुस्कार तथा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा ३० वटा समूहमा गीत गाउन सहभागि सबै सहभागिहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो । ३० वटा संस्थाका २ सय जना सहभागिहरुले आफ्नो संस्थाको तर्फबाट सहभागिता जनाई प्रतियोगितामा भाग लिएका थिए ।

राष्ट्रिय सहकारी महासंघ लि. नेपालका उपाध्यक्ष डि.बि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा रहेका सहकारी छाता संघका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस