After header

महाभारत गापाको शिक्षाशाखाले विना टेण्डर लाखौंको मौखिक सम्झौता गरि ल्यापटप वितरण

यस विषमा बुझ्दा सुचना कस्ले दियो भन्दै शिक्षाशाखाका शर्माबाट उल्टै धम्की

काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको शिक्षा शाखाद्धारा लाखौंको भष्ट्रचार गरेको कुरा बाहिरेको छ । पाकिलाको शिक्षा शाखाले विना टेण्डर मौखिक सम्झौता गरि विद्यालयललाई ल्यापटप बाडेको र त्यसवापत लाखौं कमिसन लिएको कुरा बाहिरेको हो । २०७९ सालको विद्यालयलाई सिकाई सहजिकरणको नाम आएको अनुदान रकम पालिकाको शिक्षा शाखाले मनलाग्दी र आफ्नो मान्छेलाई विना टेण्डर उक्त रकम सम्झौता गरि ल्यापटप खरिद गरेको पुष्टि भएको छ ।

पालिकाभर ५० वटा विद्यालयलाई आएको रकमबाट विद्यालयले शिक्षा सामाग्री र ल्यावटप किन्ने भनि आएको रकमलाई पालिकाले विभिन्न सामाग्री खरिदको विल बनाई विद्यालयलबाट पालिकाको शिक्षाशाखाले रकम असुलेको कुरा यतिबेला बाहिरेको छ ।

एक विद्यालयललाई एक लाख बराबरको शैक्षिक सामाग्री, स्वास्थ्य लगायत विद्यालयलाई आवश्यक ल्यापटप किन्ने शिर्षकमा आएको बजेटलाई शिक्षाशाखाद्धारा यस्ता शिर्षकको बजेटबाट लाखौं कमिशन लिदैं ल्यापटप मात्रै खरिद गरि अन्य सामाग्रीको विल भरपाई गरि विद्यालयबाट रकम असुलेको थियो ।

सरकारले कोभिडको समय हुदाँ विद्यालयलाई चाहिने स्वास्थ्य सामाग्री सहित विद्यालयलाई सिकाई सहजिकरण होस् भन्दै पालिका भित्र रहेका विद्यालयललाई अनुदान वापत एक लाख दिने भनि उक्त रकम पठाएकोमा पालिकाको मिलोमत्तोमा विद्यालयलाई एक थान ल्यापटप मात्रै दिई ल्यापटपको ८१ हजारको भरपाई गरि विद्यालयलाई पैसा असुलेको छ ।

पालिकाले विना सुचना एक मात्रै कम्पनीलाई यतिठुलो रकमको सामाग्री खरिदको सम्झौता गर्दा समेत पनि सम्बन्धित निकाय मौन रहेको र के कसरी बिल पास गरियो भन्ने समेत निजिखोजि नगर्नाले यसमा ठुलै कमिशनको खेल भएको पालिकाका केही कर्मचारीले बताए । शुरुमा विद्यालयलाई सघीय सरकारबाट अनुदान आएको रकम विद्यालयको खातामा पठाएको पालिकाले पछि त्यही रकम आफ्नो मातहात खर्च गर्ने निर्देशन दिएको थियो ।

शिक्षाशाखाद्धारा विद्यालयमा निर्देशन जारी गदै पालिकाले पठाएको पैसाबाट सामाग्री बाहिर किन्न नपाउने हामीले सामाग्रीका लागि एक कम्पनीसगँ सम्झौता गरिसकेकोले सबैले ८१ हजारको चेक काटेर पालिकाको शिक्षा शाखाबाट ल्यापटप लाग्न पालिकाका शिक्षाशाखाका जन्मराज शार्माले आदेश गरेको विद्यालयले जनाएको छ ।

सबै सामाग्री यस शाखाबाट नलगे विल फछयौंट नहुने भन्दै शिक्षाशाखा शर्माले धम्की दिएकाले आफूहरुले बाध्य भएर पालिकाको शिक्षा शाखाबाट ल्यापटप लागेको विद्यालयले जनाएको छ । यसरी यतिठुलो रकमको सामग्री किन्नुपर्दा पालिकाले कोटेशन आव्हान गरेर सामान खरिद गनुपर्नेमा कर्मचारीको मिलोमतोमा यतिठुलो बदमासी हुदाँ त पालिकाका अन्य जनप्रतिनिधि बेखर भएर बसेका छन् ।

४० हजार ल्यापटपको विल ८१ हजार भरापाई

महाभारत गाउँपािलकामा शिक्षाशाखामा सिकाई सहजिकरणको नाम अनुदान आएको विद्यालयको पैसामा मनलाग्दी तरिकाले विल बनाउदै रकम फछयौंट गर्दा समेत कसैले ध्यान पुराउन सकेन् । ल्यापटप सहित शैक्षिक र स्वास्थय सामाग्री खरित गर्ने भनियता पनि ल्यापटप मात्रै खरिद गरि अन्य बिलमा भने स्वास्थ्य सामाग्रीको बिल समेत समावेश भएको भेटिएको छ ।

पालिकाले एक लाख भन्दा माथिको रकमलाई कोटेशन आब्हान गरेर टेण्डर मार्फत ल्यापटप सहित अन्य सामाग्री खरिद गनुपर्नेमा त्यसो नगरी कमिशनको लोभमा एक कम्पनीलाई मात्रै सामान खरिद गर्न दिएको पाईएको छ । विलमा भने ल्यापटप सहित ८ थानको विल बनाएर पनि विद्यालयलाई भने एक थान ल्यापटप मात्रै उपलब्ध गराएको छ ।

विलमा ल्यापटप सहित अन्य स्वास्थ्य सामग्री सहित ८१ हजारको भ्याट विल बनाएको छ । विलमा भने डेल कम्पनीको आई फाईप ल्यापटप ४० हजार र अन्य स्वास्थ्य सामाग्रीको ४१ हजारको विल बनाए ८१ हजारको भरपाईमा मिलाएको देखिन्छ ।

कस्ले बनायो नक्कली विल

महाभारत गाउँपालिकाका विद्यालयलाई अनुदानमा आएको सिकाई सहजिकरणको पैसामा पालिकालाई कमिशन दिदै काठमाडौको बागबजारमा रहेको सेन्ट्रल रिजन मल्टिप्रप्रोज प्रालिले विद्यालयलाई नक्कली विल दिदै रकम असुलेको छ । विलमा ल्यापटप सहित ८ थान सामानको विल बनाएर उक्त प्रालिले कर्मचारीको आडमा कानुनको धज्जी उडाएको छ ।

उक्त प्रालिले डेल कम्पनी आई फाई ल्यापटपको विल ४० हजार बनाए विद्यालयलाई बुझाएको छ । २०७९ मसिर २५ गते ल्यापटप किनेको भन्दै ८१ हजार को उक्त कम्पनी विल भरपाई गरेको देखिन्छ । उक्त कम्पनीले पालिका भित्र रहेका विद्यालयलाई कागजमा भनिए जस्तै सामाग्री वितरण गर्ने भनियता पनि २०७९ चैतमा भने विद्यालयलाई ल्यापटप सहित ८ थरीको विल पठाएको थियो ।

भरपाई र चेक लिने क्रममा ल्यापटप मात्रै दिने भने पनि पछि उक्त कम्पनीले विल दिदाँ भने विद्यालयले नलगेको सामाग्री सहितको विल दिदाँ सबै विद्यालयहरु छक्क परेको बताए । विलमा ल्यापटप सहित स्वस्थ्य सामाग्री सहित ८१ हजारको भ्याटविल उक्त कम्पनीले विद्यालयलाई दिएको छ ।

के भन्छन् यसका विषयमा विद्यालयहरु

विद्यालयले अनुदान स्वरुप पाएको रकम बाट विद्यालयलाई ल्यापटप सहित शैक्षिक र स्वास्थ्य सामाग्री खरिद गर्न आएको रकमबाट विद्यालयले आफू खुशी कुनै सामान खरिद गर्न नपाएको गुनोसो पोखे । ज्ञानद्धय प्राविका प्रअ अनिलकुमारका अनुसार पालिकाको शिक्षाशाखाबाट विद्यालयलाई एक लाख रकम प्राप्त भएको बताए ।

हामीले यस एकलाख बाट विद्यालयमा ल्यापटप सहित अन्य सामाग्री खरिद गर्न आएको पैसा थियो । हामीले आफ्नो तरिकाबाट केही सामान खरिद गर्न पायनै । तर पैसा विद्यलायको खातामा आएको केहि समयपछि पालिकाको शिक्षाशाखाले तपाईहरुलाई आएको बजेटले यहि शिक्षाशाखामा सबै सामाग्री किन्नु पर्छ । हैन भने हामीले विल पास गदैन् । हामीले ल्यापटप खरिद गरिसकेका छौ ।

त्यसैले तपाईहरुले विद्यालयबाट ८१ हजारको चेक सेन्ट्रल रिजन मल्टिप्रप्रोज प्रालिको नाम काट्नु भन्दै शिक्षा शाखाका जन्मराज सरले भने बमोजिम हामीले ८१ हजारमा एक थान ल्यापटप बाहेक अरु केहि सामान नपाएको उनले बताए । उता अर्का शिक्षक हिरा बहादुरले पनि शिक्षाशाखाले भनेर नै यहि ल्यापटप किनेको बताए ।

बाहिर किन्न खोज्दा उहाँहरुले विलपास हुदैन त्यहि भएर यहा नै किन दवाव दिएको उनले गुनासो पोखे । ल्यापटप शिक्षाशाखामा नकिने तलब समेत रोक्का गरिदिने शिक्षाशाखाका जन्मराज शर्माले धम्की दिएका कारण आफूहरुले बाध्यताले त्यही ल्यापटप खरदि गर्नुपरेको उनीहरुको भनाई थियो ।

हामीले ल्यापटप किन्दा कुनै विल नपाएको र पछि हामीलाई विल चाहियो अडिट गर्न गाह्रो हुन्छ भन्दा शिक्षाशाखाबाट ल्यापटप सहित ८ थरीका सामान सहितको विल दिनु भयो । यसमा हामीले खै त विल अनुसारको सामाग्री भन्दा उल्टै धम्की दिदै विल यही नै हो तपाईहरु चुपचाप बस्नु यही विल लागेर पास गर्नु भन्दै हामीलाई ४० हजारको ल्यापटपको विल सहित अन्य स्वास्थ्य सामाग्रीको विल दिएको उनीहरुले बताए ।

यर्थाथ के हो भन्दा शिक्षा शाखाका शर्माद्धारा उल्टै धम्की

महाभारत गाउँपाकिलाको विद्यालयको अनुदानमा किन यस्तो भयो के कसरी विल पास भयो भन्दा शिक्षाशाखाका जन्मराज शार्मले तपाईलाई कस्ले सुचना दियो भन्दै उल्टै धम्कीपूर्ण भाषा बोले । उनले हामीले यस्तो कुनै नगरेको र विद्यालयलाई सहजिकरण मात्रै गरेको बताए ।

विद्यालयले त तपाईहरुले सम्झौता गरेको र हामीलाई सबै ल्यापटप यही किन्न भनु भएको रे त भन्ने जिज्ञासामा उनले यो सबै विल पास भई अडिट समेत भएकाले यसका विषयमा अडिटरलाई सोध्न भनेर आफु पन्छिन खोजे । यसरी शाखाको प्रमुख भएपछि यसरी पन्छिन पाईछ र भन्नेमा उनले यसविषयमा तपाईहरुले सकेको गर्नु भन्दै मबाट यसको जवाफ छैन भन्दै उल्टै यस्ता विषयमा नसोध्न भनि फोन राखे ।

के भन्छ त कम्पनी

सेन्ट्रल रिजन मल्टिप्रप्रोज प्रालिका प्रतिनिधि सित यसका बारेमा के हो त भन्दा आफूले यस विषयमा गल्ती भएको बताए । महिले विद्यालयको आग्रहमा मात्रै विल बनाएको हो । हाम्रो कम्पनीले यस पटक गल्ती ग¥यै उनले उदाहरण दिदै भन्छन्, कलम किनुपर्नेमा पेन्सिल किन्दा यस्तो भयो उनले भने ।

तर उनले शिक्षा शाखाको बचाउ गदै सबै दोष भने विद्यालयलाई लगाएका छन् । यस विषमा विद्यालयका प्रअहरु भने आफूहरु कम्पनीको केही नचिने सबै काम शिक्षा शाखाले नै गरेको बताउछन् । हामीले ल्यापटप खरिद गर्दा कम्पनीकोमा नगएको तर सबै काम शिक्षाशाखाका जन्मराज शर्माले नै गरेको बताउछन् । यस विषयमा सबै चलखेल शिक्षाशाखाको नै रहेको उनीहरुको भनाई छ ।

के भन्छन यसका विषयमा प्रमुख प्रशासकीय अधिकृत

सघीय सरकारको विद्यालयलाई आएको अनुदान रकममा कमिशनको खेलमा विल बनाउने र विद्यालयलाई बाध्य बनाएर शिक्षा शाखामा ल्यापटप किनाउनु भएछ भन्ने विषयमा सोध्दा प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले भने आफूलाई यस विषयमा केही थाहा नभएको बताउछन् । विद्यालयलाई हामीले पैसा पठाएको तर के कसरी खरिद गरियो यस विषयमा आफूका केही गुनासो नआएको भन्दै पन्छिन खोजे ।

अनि विल एउटा भरपाई अर्को भएको विषयमा सोध्दा उनले आफू यस बारेमा तत्काल छानविन गर्ने र बाकी कुरा छानविनपछि मात्रै भन्न सकिने उनले बताए । यसरी एउटा कार्यालयका प्रमुख जस्तो ब्यक्तिको गहैजिम्मेवारीका कारण यतिबेला सबै प्रायजसो स्थानिय निकायमा भष्ट्रचार मौलाएको छ ।

यसको कस्ले अनुगमन, नियन्त्रण तथा सत्य कस्ले हेर्छ । यसरी लाखौ रकम राज्यले शिक्षामा लगानी गरेर आईरहेको तर सहिसदुपयोग नहुदाँ कर्मचारी र उनका आसेपासे मात्रै मोटाउने की राज्यले यसको बारेमा थप कार्वानही भयो कि भएन भनेर अनुगमन पनि गर्ने हो ? यस्ता नक्कली विल बनाउदै राज्यलाई नै ठगी गर्ने सेन्ट्रल रिजन मल्टिप्रप्रोज प्रालि जस्ताको हामी निरन्तर खबदारी गर्ने नै छौ ।

एक पटक पढ्नुहोस