काभ्रे । खानीखोला गाउँपालिकाको १५ औं गाउँसभा एवं ८ औं बजेट कार्यत्रक्रममा सम्पन्न भएको छ र। उक्त सभाले गाउँपालिकाको बजेट तथा निती कार्यक्रम ल्याएको छ । पालिकाले ४९ करोड ४३ लाखको बजेट ल्याएको छ ।
स्थानीय खरिद बिक्री केन्द्र, कफी उत्पादन कृषिमा जोड ,जसको उत्पादन उसैलाई अनुदान पालिकाले कफीमा अनुदान दिदैं आएको छ । खानिखोलामा मासिक १० हजार धार्नी खुवा उत्पादन हुन्छ । अब खुवामा पनि अनुदान दिने सरकारको नीति तथा कार्यक्रममा पास भएको अध्यक्ष इन्द्र बहादुर थिङ्ले जानकारी दिए ।
नगरसभाको दिनमा पालिकाले पालिकाभित्र रहेका शहिद परिवारलाई समेत सम्मान गरेकबो थियो । शहिदहरुको योगदान बलिदानले आएको परिर्वतनलाई आत्मसाथ गर्न र उनिहरुको परिवारलाई स्थनिय सरकारले सरकार भएको महसुस दिनको लागि सम्मान कार्यक्रम गरिएको अध्यक्ष थिङले बताए ।

खानिखोला गाउँपालिका भित्रको २० जना नेपाल सरकारले घोषणा गरिएका शहिद परिवारलाई नगद १५ हजार र सम्मान पत्र दोसल्लाह सहित सम्मान गरिएको थियो । गाउँपालिकाको नीति तथा बजेट कार्यक्रममा गाउँ सभामा शहिद परिवारहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत जिवन गैरेले जानकारी दिए ।
शहिदहरुको अमुल्य योगदानलाई कदर गर्दै उनिहरुको परिवारलाई सम्मान गर्ने कार्यक्रम गाउँ सभाको दिन राखेको अधिकृत गैरेले बताए । स्थानिय सरकारले गाउँ सभाको दिन हामीलाई सम्झेर सम्मान गरिएकोमा खुशी भएको शहिद परिवारहरुको भनाई छ ।
