After header

खानीखोला वडा नं. ७ मा सडकको उद्धघाटन्

काभ्रे /  जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा नः ७ मा सडक ट्रयाक ओपन भएसंगै सडक उदघाटन भएको छ ।सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन उदघाटन कार्यक्रमका पालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।

च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २०७० साल देखि निरन्तर प्रयत्न र लक्ष्यमा रहेको यो सडक १० बर्ष पछि ट्रयाक खुल्न सफलसंगै खानिखोलाका जनसमुदायलाई धुलिखेल सदरमुकाम पुग्नका निम्ति करिब १ घण्टा अन्य बाटो भन्दा छिटो हुने अवस्था श्रीजना भएको छ ।सडक उदघाटन पछि आयोजित कार्यक्रम सम्बोधन गर्नुहुँदै समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताउनुभयो ।

जनताले निर्वाचन मार्फत विश्वास गरेका छन् । सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको बताए ।जनताले विश्वास गरि जिताएर पठाए पश्चात् विकास र सुशासन ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने सरकारको मुख्य संकल्प रहेको छ ।

यस सडकको निम्ति जिल्ला बिकास समिति भए देखि निरन्तर प्रयत्न संघीय सरकार , प्रदेश सरकार , गाउँपालिका सरकारले बिगत ३ बर्ष देखि निरन्तर प्रयाससंगै यो ट्रयाक खोल्नका लागि प्रदेश सरकार मार्फत आर्थिक बर्ष ०७९÷०८० मा रु २५ लाख सहयोगमा केही भाग खुलेको थियो ।

गत साल ट्रयाक खोल्न चालू आर्थिक बर्षमा रु ४८ लाख बजेट बिनियोजित गरि ट्रयाक खोल्न सफल भएको थिङ्ले बताए । यस सडकलाई अझ व्यवस्थित बनाउन खानिखोला सरकारको निरन्तर माग संघीय सरकार मार्फत आर्थिक बर्ष ०८१÷०८२ को लागि संघीय सरकारले यसै सुकुमफेदी , पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा सडकको लागि रु १ करोड रुपैयाँ पार्न सफल भएकोमा अध्यक्षले खुसी व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथी पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा , प्रमुख प्रशासकीय अधिकृत जीवन गैर, प्राविधिक शाखा प्रमुख इन्जिनियर जीवन अर्याल , पुर्वधार बिकास संयोजक वडा नः ५ का अध्यक्ष बुद्धि बहादुर स्याङतान, बिपत्त व्यवस्थापन संयोजक तथा ७ नम्बर अध्यक्ष राम बहादुर मोक्तान, १ नम्बर वडा अध्यक्ष सन्चमान थिङ,युवा नेता व्यवसाय सुवर्ण थिङ, समाजसेवी युवा नेता राजन अधिकारी , वडा सदस्य रोहन रुम्बा लामा , युवा नेता वीर बहादुर घिसिङ, उपभोक्ता समिती अध्यक्ष नेमार मोक्तान , समितिका सम्पुर्ण पदाधिकारीहरु लगाएत स्थानीयहरु बुद्धिजीवी , युवाहरुको उपस्थितिमा ट्रयाक खुलेसंगै सडक अनुगमन गरि उदघाटन भएको हो ।

एक पटक पढ्नुहोस