काभ्रे / काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित सुनकोशी नदिमा पुलबाट सात दिनअघि हामफालेका पुरुष दुई दिन अघि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार दिउँसो हामफालेर बेपत्ता भएका सिन्धुपालचोकको बलेफी गाउँपालिका–७ खाँडिचौर ५० बर्षिय गोविन्द तामाङ मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तामाङ असार १० गते ९ः२० बजेको समयमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लोबजारस्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेलापरेका हुन् । ५० वर्षीय तामाङ सुनकोशी नदिको पुलबाट हाम फालेका थिए ।
तामाङ हाल काठमाडौको कपनमा डेरा गरी बस्दै आएका थिए । मृतकका छोरा विजय तामाङले आज शव बुझेको जनाइएको छ । विजयले सिसिटिभि फुटेजको आधारमा उनको पहिचान गरेको प्रहरीले जनाएको छ ।
