After header

२० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं । २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

ूपी ४५ ए.एस. ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी.टी. ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए । उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।

यसमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको सुचना अधिकारी मोहनमणि अधिकारीले बताएका छन् ।

एक पटक पढ्नुहोस