After header

बलात्कार मुद्धाका अभियुक्त पक्राउ

जनकपुरधाम । बलात्कार मुद्दामा फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्ष दोषी ठहर भएका सिराहा जिल्ला लहान नगरपालिका २४ का ४५ वर्षीय भोगी भन्ने भोगिन्द पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उच्च अदालत जनकपुरको राजबिराज इजलासले ९ फागुन २०८० मा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

उनका अनुसार बलात्कारपश्चात अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त पासवानलाई आइतबार ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो । उनलाई सोमबार सिराहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि सिराहा कारागार पठाइएको डीएसपी पासवानले जानकारी दिए ।

एक पटक पढ्नुहोस