After header

टिपरको ठक्करबाट काभ्रे पनौतीका सुकरामको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट काभ्रे पनौतीका सुकराम तामाङ मृत्यु भएको छ भने अर्का एकजना घाईते भएको प्रहरीले जनाएको छ । काठमाडौ तीनकुनेमा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो भने अर्का एक बेथानचोक गाउँपालिका–६ का रमेश तामाङ गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमााडौं ३२ तिकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र३ ०२ ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

एसपी बोहोराका अनुसार, उनीहरुलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ । अर्का घाइते रमेश तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरलाई प्रहरीले विमानस्थलको कार्गोभित्र फेला पारेको छ भने चालक फरार छन् ।

एक पटक पढ्नुहोस