After header

केन्द्राध्यक्षका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काभ्रे । यस वर्ष २०८१ को सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा यही चैत ७ गतेबाट सुरु हुँदैछ । यसैलाई मध्येनजर गदै शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकद्वारा एसईई–२०८१ का केन्द्राध्यक्षका लागि आइतबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

एसईई परीक्षमा केन्द्राध्यक्षको दायित्प, काम, कर्तव्य तथा अधिकार के– कस्ता हुने र कसरी ब्यवस्थित एव) मर्यादित ढङ्गले परीक्षा सञ्चालन गर्ने भन्ने बारेमा जानकारी गराईएको थियो । जिल्लामा ३४ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन हुँदैछ । जसमध्ये तीनवटा केन्द्रमा महिला केन्द्राध्यक्ष रहेका छन् । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं परीक्षा सञ्चलन समितिका संयोजकसमेत रहेका उमेशकुमार ढकालले एसईई परीक्षा मर्यादित एवं शान्त वातावरणमा सञ्चालन हुने बताए ।

उनले परीक्षा अनुशाशित तवरले ब्यवस्थित गर्न निर्देशनसमेत दिएका थिए । राजनीतिक दबाब र प्रभावबाट मुक्त हुनसमेत निर्देशन दिँदै निष्पक्ष परीक्षा सञ्चालनका लागि कुनै कानुनी त्रुटी भएमा सोही बमोजिम कार्वाही गरिने बताए ।सो अवसरमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले विगतको एसएलसीभन्दा एसईईको परीक्षामा नतिजा कमजोर बन्दै गएको पाइएकाले स्थानीय तहमा शिक्षाका कतिपय अधिकार दिईंदासमेत नतिजा सुधारोन्मुख नहुनु दुखद रहेको बताए । उनले परीक्षा केन्द्र मर्यादित गर्न सुझावसते दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले सुरक्षाको तयारीका लागि परीक्षा केन्द्रहरुमा सुरक्षाकर्मी खटाउने काम अन्तिम चरण पुगेको बताइन् । उनले एक केन्द्रमा सात जनासम्म प्रहरी खटाइने जानकारी दिँदै खड्काले सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै निर्धक्क परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षलाई आग्रह गरिन् । विद्यार्थी परीक्षा केन्द्रमा आवतजावत गर्दासमेत सुरक्षित रहनुपर्ने उल्लेख गर्दै खड्काले यसका लागि शिक्षक, अभिभावक तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले विद्यालयलाई परीक्षाका लागि आवश्यक निर्देशिकासहितका सामाग्रीहरु उपलब्ध गराईएकाले सोही अनुसार गर्न आग्रह गरिन् । उनका अनुसार गतवर्ष ४० वटा परीक्षा केन्द्र कायम गरिएकामा यसवर्ष विद्यार्थी संख्याका आधारमा ६ वटा केन्द्र कटौती गरिएको छ । प्राविधिकतर्फ ११ दिन एसईई सञ्चालन हुने जनााइएको छ ।

ईकाइका अनुसार परीक्षामा एक जना दृष्टिविहिन, एक जना कारगारमा रहेका कैदी परीक्षार्थी सहभागी हुँदैछन् । यस्तै जिल्लामा एसईई परीक्षा २०८१ मा नियमिततर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित हुनेछन् भने ग्रेडबृद्धीका लागि ६ सय २ जना विद्यार्थी सहभागी हुँदैछन् । काभ्रे बहिरा विद्यालयका ९ जना बहिरा विद्यार्थीले परक्षिमा सहभागिता जनाउँदैछन् ।

यसैगरि प्राविधिकतर्फ १ सय ९६ विद्यार्थीगरी जिल्लामा कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागी हुने जनाइएको छ । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागि हुनेछन् ।

एक पटक पढ्नुहोस