तनहुँ । टिपर र बस एकआपसमा ठोकिँदा सात जना यात्रु घाईते भएका छन् । रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस आज बिहानविपरीत दिशामा रहेको टिपरसँग ठोक्किएको थियो । सो टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दीपुर नगरपालिका १ डुम्रे नजिक बस र टिपर ठोक्किएको पुष्टि गर्दै दुर्घटनाको विस्तृत विवरण आउन बाँकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई नजिकको अस्पताल लगिएको छ । घाइतेमध्ये एकजनाको खुट्टा भाँचिएको जनाएको छ ।
