काभ्रे । जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले यही भदौ १५ गते सम्मका लागि बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको जनाएको छ । २०८२÷०४÷३० बसेको जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णयानुसार वि.पि. राजमार्गको काभ्रेभञ्ज्याङ्ग भकुण्डेवेशी हुदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी संजनलाई मिति २०८२ भाद्र ०१ गते देखि भदौ १५ गते सम्म साँझ ०५ः०० बजेदेखि बिहान ०५ः०० बजे सम्म निषेध गरिएको जनाईएको छ ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ । देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन रोक्ने निर्णय भएको उनले बताए ।
