After header

भोलि निर्वाचनका दिन हवाई गस्ती समेत हुने

काठमाडौं । चोलि अर्थात फागुन २१गते हुने प्रतिनिधि सभा निर्वाचनमा हवाई गस्ती समेत हुने भएको छ । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको छ । बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । ‘बैठक भर्खरै सम्पन्न भएको छ ।

हवाई गस्ती, हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय भएको छ’ आचार्यले भनिन् ।बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विषयमा छलफल भएको छ । यसअघि आजै बिहान मात्रै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जुम मिटिङमार्फत सम्पर्क गर्दै मन्त्री अर्यालले वस्तुस्थिती बुझेका थिए ।

एक पटक पढ्नुहोस