काभ्रे । साहित्यकार भीमप्रसाद काफ्लेको अन्तर्बोध नामक नवदर्शनको पुस्तक अक्षरमार्गले प्रकाशनमा ल्याएको छ । एक सूर्य अनेक आलोक, नारी ः ओझेल भित्र कि आधा आकाश, घामका उपासक सूर्यप्रसाद लाकोजूजस्ता कृतिका सर्जक काफ्लेको अन्तर्बोध(नवदर्शन) पुस्तकमा समाजबाट टाढिँदै गएको नैतिकता, आदर्शका नाममा धन कमाउने प्रवृत्तिमा लिप्त आजको धर्मः
वर्गीय, जातीय, लिङ्गीय विभेदको जाँतोमा पिँधिएको समाजः स्वार्थ, अहंकार र प्रतिशोधका कारण दिशा विहीन बन्दैगएको राजनीति; मानव समाजमै रोइरहेको मानवताः साहित्यमा यान्त्रिकी करणले बढ्दैगएको सङ्कुचन; धर्म र विज्ञानबिचको परस्पर बिरोधी सम्बन्ध; आदिका साथै मानव जीवनसम्बद्ध अन्य विविध सन्दर्भहरू यस पुस्तकमा समावेश छन् ।
मानवकृत अनेक समस्याहरूबाट सिर्जित जटिलता र सोको सहजीकरण सम्बन्धमा लेखिएको अन्तर्बोध(नवदर्शन) पुस्तक पठनीय रहेको छ ।
