काठमाडौ । गृहमन्त्री सुधन गुरुङले बारामा रहेका मिटरब्याजी पिडितलाई भेट्ने भएका छन् । मिटरब्याज पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ केहीबेरमा बाराको निजगढ जाने भएको स्थानिय प्रहरीले जानकारी दिएको छ । असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेका छन् ।
राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।
‘हामी आज बिहान पैदल मार्चमा निस्किसकेका थियौं । करिब दुई सय मिटर निस्केपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएको छ,’ उनले भने, ‘त्यसपछि हामी फर्केर फेरि हलमै बसेका छौं उनले भने ।’
