After header

एसएलआरको ६ थान गोलीसहित विकास महर्जन पक्राउ

काठमाडौं । एसएलआरको ६ थान गोलीसहित विकास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोकर्णेश्वर नगरपालिका– ५, टेलिकम चोकबाट अत्याधुनिक हतियार एसएलआरको ६ थान गोलीसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्ने काठमाडौं, ज्यापू टोल बस्ने वर्ष ४३ का विकास महर्जन रहेका छन् । उनलाई हातहतियारसम्बन्धी मुद्दा चलाइने काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

एक पटक पढ्नुहोस