काठमाडौं । ११ लाख बढीको भन्सार छलीको लत्ताकपडा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जमा भन्सार छलेर ओसारपसार गर्दै गरेको ११ लाख बढीका लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका १६ ईनर्वागाँउबाट भन्सार छलीको उक्त लत्ताकपडाहरू बरामद गरेको जनाएको छ ।
सीमावर्ती क्षेत्रबाट खुलेयाम अवैध ओसारपसार हुन थालेपछि प्रहरीले निगरानी बढाउँदा उक्त लत्ताकपडा बरामद गरेको जनाएको छ ।जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लका अनुसार बरामद सामग्री ११ लाख २ हजार १ सय ४० रुपैयाँ बराबरको रहेको जनाएका छन् । बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
