After header

हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओद्वारा अक्सिजनको कमीबारे चेतावनी जारी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको  छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी भएको छ ।’

उनले भने, ‘अहिलसम्म संसारभरी ९३ लाख व्यक्ति कोरोनाद्वारा संक्रमित भइसकेका छन् र ४.८० लाखको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसैकारण प्रतिदिन ८८ हजार ठूला सिलिन्डर अक्सिजन र ६.२० लाख क्यूबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।’

संक्रमितको संख्यामा अचानक भइरहेको वृद्धिका कारण अक्सिजन कन्स्ट्रेटरको कमी भइरहेको छ जुन कोभिड–१९ सँग जुधिरहेका बिरामीका लागि आवश्यक हुन्छ ।

टेड्रोसले भने, ‘विश्व स्वास्थ्य संगठनले हालसम्म १४ हजार अक्सिजन कन्स्ट्रेटर खरिद गरेको छ र ती केहि हप्ताभित्र १२० देशमा पठाउने योजना छ । यसका साथै अबको ६ महिनामा १० करोड डलर मूल्य पर्ने १.७० कन्स्ट्रेटर पाइने सम्भावना रहेको छ ।’

विश्व स्वास्थ्य संगठनका आपतकालीन टिमका प्रमुख डा. माइक रियानले ल्याटिन अमेरिकी देशमा महामारी अहिले पनि उच्चस्तरमा रहेको  र यो क्षेत्रमा मृत्यु हुनेको संख्या एक लाख पार गरिसकेको जानकारी दिए । थुप्रै देशमा केहि हप्तामा २५ देखि ५० प्रतिशतको वृद्धि देखिएको उनले बताए ।

माइक रियानले थपे, ‘मलाई लाग्छ अमेरिकामा अहिलेसम्म महामारीको चरम बिन्दु आइसकेको छैन र भविष्यमा यहाँ थुप्रै मानिसहरु अभै संक्रमित हुने र मृतकको संख्या पनि बढ्ने आशंका छ ।’

एक पटक पढ्नुहोस