आज फेरी ह्वातै घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य साउन २५ गते यता भने लगातार घटिरहेको छ। मंगलबार ८ सय रुपैयाले घटेको सुनको मुल्य आज एक्कासी ६२ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४  सय रुपैंयामा  कायम भएको छ।

साथै आज तेजाबी सुनको मूल्य पनि ६२  सय रुपैंयाले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एक पटक पढ्नुहोस