देशभर थप ४८४ जना कोरोना संक्रमित, काठमाडौँमा १३९ थपिए!

पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १०९ जना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण भेटिएको उहाँले बताउनुभयो ।

एक पटक पढ्नुहोस