आज उपत्यकामा ७ सय बढी संक्रमित, देशभर हजार भन्दा बढी ! कुन जिल्लामा कति ? [विवरण सहित]

पछिल्लो २४ घण्टामा देशभर  १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार १ सय २२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । जससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

अब नेपालमा १७ हजार ४ सय ७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ९ हजार ७१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

उपत्यकामा सात सय भन्दा बढी संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र ७ सय ६७ जना संक्रमित फेला परेका छन्। जस मध्ये ६ सय २ जना काठमाडौँमा भेटिएका हुन् भने ललितपुर र भक्तपुरमा क्रमश ६४ र १०१ जना फेला परेका हुन्

अन्य जिल्लामा कति ? हेर्नुहोस् विवरण –
एक पटक पढ्नुहोस