आज देशभर थपिए यति धेरै कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार लाघ्यो !

पछिल्लो २४ घण्टामा देश भर १ हाजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएर जना डिस्चार्ज भएका छन्। यससंगै हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ। अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मुलुकभर थप १६ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ४२७ पुगेको छ।

एक पटक पढ्नुहोस