काठमाडौँ – कोरोना भाइरस संक्रमणको पुष्टि पछि उपचाररत रहेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य नठान्न आग्रह गरेका छन्। एक भिडियो सन्देश जारी गर्दै लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन सबैमा आग्रह गरेका हुन्।


उनले फेसबुकमा लेखेका छन्, “मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।” करिब २ हप्ताको उपचार पश्चात आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको पनि उनले जानकारी गराएका छन्।

“रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।”,लामाले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराउँदै फेसबुकमा लेखेका छन्।
आफ्नो स्वास्थ्यमा सुधार हुनुको पछाडी डाक्टरहरुको हात रहेको भन्दै धन्यवाद पनि दिएका छन्।
