After header

शृंखलाकी आमालाई कोरोना !

काठमाडौँ – बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। असोज ५ गते हेटौंडाबाट काठमाडौ आएकी उनलाई कोरोना पुष्टि भएको हो।

INTERESTING FOR YOU

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष समेत रहेकी सिग्देलले आफूमा कोरोना भाइरसको संक्रमण देखिएको फेसबुक मार्फत जानकारी गराएकी छन्।

आफू असोज ५ गते काठमाडौँ आएको र सामान्य रुघाखोकी पश्चात परीक्षण गराउँदा पोजेटिभ देखिएको उनले उनको भनाई छ। संक्रमण पुष्टि भएपछि उनी हाल होम आइसोलेसनमा बसेकी छिन् । साथै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराएकी छन्

सिग्देल पूर्व मिसनेपाल शृंखला खतिवडाकी आमा हुन् भने सत्तारुढ नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका विरोध खतिवडाकी श्रीमती हुन्। बताइएअनुसार परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

एक पटक पढ्नुहोस