After header

देउवा पत्नी आरजूले भनिन् – “महिला २१ औ शताब्दीमा पुगिसके तर पुरुष भने १८ औं शताब्दी छन्”

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले पार्टी भित्र महिलाले उचित भूमिका र अवसर नपाएको बताएकी छन्। नेपाल महिला संघले आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै देउवाले पार्टी भित्र महिलालाई उचित अवसर नपाएको गुनासो गरेकी हुन्।

उनले कांग्रेसमा महिलालाई अहिलेसम्म भोटरको रुपमा मात्र लिइएको बताइन्। महिलालाई अधिकार दिने पार्टी नेतृत्व नै १८ औं शताब्दीमै रहेको उनको भनाई छ।

“महिला २१ औ शताब्दीमा पुगिसके तर पुरुष भने १८ औं शताब्दी छन्, महिला अन्तरिक्षमा पुगिसके पुरुषले गर्ने सबै काम महिलाले गर्न सक्छन् तर पुरुष भने महिलालाई नेतृत्वमा जान दिँदैनन्।”,उनले भनिन्।

कांग्रेसको शीर्ष नेतृत्व तहमा महिलाहरूका लागि आरक्षण गर्नु पर्ने उनको बुझाई छ। पार्टीमा ४० प्रतिशत क्रियाशील सदस्यता महिलालाई निसर्त दिन उनको माग छ।

“यति धेरै पदाधिकारी मध्ये सहमहामन्त्रीमा मात्रै महिला? हामी सधैं भोटर मात्रै भएर बस्ने हो? सहमहामन्त्रीमा महिलालाई सीमित गरिनु हुन्न। सभापतिमा भिड्न सक्ने महिला कम होलान् तर अरू पदमा त भिड्न सक्ने छन् नि! म त कुनै पदमा उठ्नेवाला छैन।”,उनले भनिन्,”धेरै बखेडा नगरी विवेक प्रयोग गरेर कम्तीमा ४० प्रतिशत क्रियाशील सदस्यता महिलालाई दिनुपर्छ।”नेपालको संविधान र कांग्रेस पार्टी विधानमा महिलाका लागि धेरै कुरा लेखिएको भएपनि व्यवहार भने उतार्न नसकिएको प्रति उनको दुखेसो छ। पुरुष हुँदैमा क्षमता बढी हुन्छ र महिला हुँदैमा क्षमता हुन्छ भन्ने मानसिकताबाट सबैले आफूलाई मुक्त गराउनुपर्ने उनले स्पष्ट पारिन्।

एक पटक पढ्नुहोस