After header

शेखर, प्रकाशमान र गगनबीच समीकरण!

अमेरिकामा डेमोक्र्याटिक पार्टीको महाधिवेशन केही महिनाअघि सकियो। राष्ट्रपतिको उम्मेदवार हुन १६ जनाले प्रतिस्पर्धा गरेका थिए। लिंग, वर्ण, वर्ग र उमेरको भरपुर विविधता थियो।

मुख्य कुरा, पार्टीभित्र ती १६ जनाका आ-आफ्ना स्थायी गुट थिएनन्। राष्ट्रपति बनेर मुलुकलाई नेतृत्व गर्ने आफ्नै सपनाको तागतमा उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। अन्तिममा जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चुनिए। उनी अहिले डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको प्रतिस्पर्धामा छन्।

हाम्रो मुलुकका दुबै ठूला प्रमुख पार्टी: नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस पनि महाधिवेशनको संघारमा छन्। सत्तारूढ नेकपाभित्र आउने महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ वा आन्तरिक लोकतन्त्र कुण्ठित गर्दै भागबन्डा र पद बाँडफाँटमा टुंगिन्छ, एकिन छैन। आन्तरिक प्रतिस्पर्धा र लोकतन्त्रका सवालमा नेकपाको एमालेकरण हुन्छ वा माओवादीकरण हुन्छ भन्ने आउने महाधिवेशनले टुंगो गर्नेछ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धा पक्काजस्तै छ। सभापति शेरबहादुर देउवा र उनीइतर समूह गरेर आधा दर्जन नेता सभापति पदका आकांक्षी देखिएका छन्। कति गज्जब हुन्थ्यो, कांग्रेसको नेतृत्व लिने चाहना भएका यी नेताले डेमोक्र्याटिक पार्टीको प्राइमरीमा जसरी गुटविहीन प्रतिस्पर्धा गरे।

एक पटक पढ्नुहोस