चुनाव सार्ने लफडामा ओली-प्रचण्ड एकै मन्चमा, दिए यस्तो चेतावनी

काठमाडौं, ९ कात्तिक -एमाले र माओवादी गठबन्धनले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै पनि बहानमा सारिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।
बिहीबार संयुक्त पक्रकार सम्मलेन गर्दै गठबन्धनले यस्तो चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता पम्फा भुषालले आगामी मंसिर १० र २१ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे भ्रम र अन्यौल सिर्जना भएको भन्दै यदि कुनै बहानामा निर्वाचन सारिए बाम गठबन्धनलाई मान्य नहुने बताइन् ।

उनले प्रतिनिधि र प्रदेश सभाका मतपत्रका बारेमा अदालत लगायतको बहानामा निर्वाचन सार्ने प्रयास भएको भन्दै त्यसका लागि सम्पुर्ण नेपाली जनतालाई सचेत रहन आग्रह गरिन् ।

सो अवसरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अदलतले मतपत्रबारे अबस्ययक भन्दा बढी ब्याख्या गरेको भन्दै निर्वाचन कुनै पनि हालतमा रोकिन नहुने र रोकिए गठबन्धनलाई मान्य नहुने बताए ।

एक पटक पढ्नुहोस