वेदमा वर्णित दिनचर्या

दिनचर्या के हो ? “दिने दिने चर्या दिनचर्या” अर्थात दिनैपिच्छे गर्नुपर्ने अथवा गरिएको हाम्रो आयुलाई लामो र सुखद बनाउन सहयोगी चर्या (आचरण) लाई दिनचर्या भनिन्छ ।

दिनचर्यामा के के पर्दछन् ?

दिनचर्यामा बिहान ब्रहममुतहूर्तमा निद्राबाट जागिसके पश्चात पुनः शयनका लागि ओछ्यान पुग्दासम्मका निम्नलिखित कुराहरूक्रमबद्ध रूपमा गर्नु पर्दछ ।

१. ब्रहममुहूर्तमा जागरण                       १४. अभ्यङ्ग

२. इष्टदेवताको स्मरण                         १५. व्यायाम

३.करदर्शनम्                                   १६. स्नान

४. घृत अथवा दर्पण दर्शनम्              १७. वस्त्र धारण

५. उषः पानम्                                  १८. गन्धमालाधारण एवं अनुलेपन

६. मलमुत्र विसर्जनम्                        १९. भोजन

७. दन्तधावन                                   २०.ताम्बुल सेवनम्

८. जिहवा निर्लेखन                          २१. वृत्ति धर्म

९. मुख, नेत्र प्रक्षालन                        २२. आचमन

१०. गण्डूष                                    २३. सन्ध्योपासना

११. अञ्जन                                    २४. रात्रि भोजन

१२. प्रतिमर्श नस्य                        २५. निद्रा

१३. धूमपान

१. ब्रह्म मुहूर्तमा जागरण

डा. हेमराज कोइराला

दिर्घ र स्वस्थ जीवनका आकाङ्क्षीहरू अघिल्लो रात खाएको खानेकुरा ठीक सँग पचेनपचेको विचार गरेर ब्रह्म मुहूर्तमा उठ्नुपर्छ । ब्रह्ममुहूर्त भनेको सूर्योदय देखि ४८ देखि ९६ मिनट पूर्वबाट सूर्योदय बीचको समय हो ।

ब्राहमो मुहूर्त उत्तिष्ठेस्वस्थो रक्षार्थमायुष 

ज्ञातव्य – ब्रहम मुहूर्तमा केवल स्वस्थ व्यक्तिले मात्र उठ्ने गर्नुपर्दछ । रोगीले उठ्नुहुदैन ।

ब्रहम मुहूर्तमा उठ्नुका फाइदाहरू

०२. इष्ट देवताको स्मरण

ब्रह्म मुहूर्तमा निद्राा खुलिसकेपछि तर आँखा नखुल्दै सर्वप्रथम इष्टदेवताको स्मरण गर्नुपर्दछ ।

०३. प्रभाते करदर्शनम्

ब्रह्म मुहूर्तमा उठेर इष्ट देवताको स्मरण गरिसकेपछि सर्वप्रथम आँखा आफ्नै करदर्शन अर्थात आफ्नै हत्केलाको दर्शन गर्नुपर्छ । यस समयमा निम्न श्लोकका हरपहरू वाचन गर्नु राम्रो हुन्छ ।

कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती ।

करमूले स्थिता गौरी प्रभाते करदर्शनम् ।।

०४. भूमि पदार्पणम

विहान करदर्शन गरिसकेपछि भुइमा गोडा राख्नु अघि निम्न श्लोक जान्न उत्तम हून्छ ।

समुद्रवसने देवि पर्वतस्तनमण्डले

विष्णुपत्नि नमस्तुभ्य पादस्पर्श क्षमस्व मे ।

ज्ञातव्य  मलमूत्र विर्सजन गरिसकेपछि गुदा प्रक्षालन गरी आचमन गर्नुपर्दछ यस समयमा पविञ्यकर हर भन्ने गरिन्छ ।

०५. दन्त धावनम्

उपर्युक्त विधिले शौचकर्म गरिसके पश्चात दाँत माझ्नुपर्छ । यसको लागि एक कान्छी औला बराबरको मोटो तथा गाँठगुठी नभएको सिदा केही लामो डण्ठीले क्षति नपु¥याइकन दाँत माझ्नुपर्छ । दिनमा दुई पटक दात माझ्नुपर्छ । यस वाहेक महर्षि सुश्रुतले विभिन्न प्रकारका दन्तमञ्जन चुर्णहरूको प्रयोग गरेर दाँत माझ्न पनि चन्नु भएको छ । साथै दाँत माझ्ने मौका मिल्न सकेन भने वाह् पटक जल गयुष गरेर मुख शुद्धि गर्न सकिन्छ भनेर भन्नुभएको छ । दाँत माझ्दा सके सम्म नीम, बबुल जस्ता द्रव्यको डाँठ प्रयोग गर्नु उपयुक्त हुन्छ । (अचेल ब्रस, मञ्जन प्रयोग गर्ने चलन रहेको छ ।)

०६. जिहवा निर्लेखन (जिब्रो खुर्कने)

दाँत माझिसकेपछि जिब्रोले जिब्रोमा रहेका मलहरूलाई खुर्केर फाल्नुपर्दछ । जिब्रो रहेको मलविकार दुर्गन्धकर एवं श्वास अवरोधक भएकाले जिब्रोको सफाई आवश्यक ।

०७. गण्डुष : धारण

मुखमा पानी, तेल वा औषधीय द्रव्य राखेर नचलाइकन राखी एक दिन पछि छोड्ने क्रियालाई गण्डुष : धरण भनिन्छ ।

०८. कवल ग्रहण

कषाय रसयुक्त औषधीय द्रव्यलाई मुखमा राखी कलकल वा गल्ल्ल गर्नु कवल ग्रहण भनिन्छ ।

०९. घृत अथवा दर्पण दर्शनम्

उठेर ओछ्यान छोडिसके पछि सर्वप्रथम ऐनाको सम्मुख गएर आफ्नै अनुहार हेर्नुपर्दछ । अलिकति मुस्कुराउनुपर्दछ । परापूर्वकालमा पग्लिएको घ्यूमा आफ्नो छाया हेर्ने चलन थियो ।

१०. उष : पानम (जलपान)

दर्पण अथवा ऐनामा आफ्नो अनुहार हेरिसकेपछि जाडो मौसम हल्का मनतातो र गर्मी मौसम भए शीतल पानी पिउनुपर्दछ ।

११. मलमुत्र विसर्जनम

पानी पिइसकेपछि मुलमुत्र विसर्जका लागि तयार हुनुपर्दछ । उपयुक्त समयमा बिहानै दिसापिसाब गर्दा स्थान मिलेसम्म दिनमा उत्तर अभिमुख र रातमा दक्षिण अभिमुख भएर नबोलिकन सहज रुपमा मुलमुत्र त्यागको प्रयत्न गरेर विसर्जन गर्नुपर्छ । बढी जोडबल लगाउने गर्नुहुँदैन ।

१२. मुखनेत्र प्रक्षालन

त्यसपछि चिल्लोदक, कषाय, लोधकषायवा अमलाको कषाय प्रयोग गरेर मुख तथा आँखा धुनुपर्छ ।

१३.अञ्जन(गाजललगाउने)

मुख र नेत्रको प्रक्षालयनगरिसकेपछि गाजललगाउनुपर्दछ । गाजलऔषधीय गुणहरू मिलाएर बनाएको हुनु पर्दछ । बजारिया केमिकलयुक्तगाजलहितकर नहुन सक्छ ।

१४. प्रतिमर्शनस्य

औषधीय तेलको थोपा दुवै नाकमा हाल्ने क्रियालाई प्रतिमर्शनस्य भनिन्छ । थोपा थोपा गरेर नहाल्दाऔषधीय तेललाई औलामा थोरै राखेर, अनि पालैपालो नाकको प्वालमा स्नेहन गरेर पनि प्रतिमर्शनस्य लिइन्छ । महर्षि चरकले दिनमा १४ पटक प्रतिमर्शनस्य लिनु भनेर भन्नु भएको छ ।

१५. धुम्रपान

आयुर्वेदमा निर्दिष्ट धुम्रपान र सुर्तिजन्य धुम्रपानमा धेरै अन्तर छ । हरेगका, दहिकाम्लो, अलैची, नागकेशर, नखी, सुगन्धवालाचन्दन, तेजपात, सुकमेल, सिरु, पद्मक, ध्यामक, मधुक, जटामसी, गोकुलधुप, अगुरु,शर्करा जस्ता औषधीन्यग्रोध (वर), अश्वत्थ (पीपल), पलास र लोधको बोक्रा र बनमोथे, सर्जरस, शैलेय, कमल, उत्पल, श्री–वेष्टक, शल्लको तताशुक्रवर्हलाई पिसेर कल्क(लेदो) बनाई सिन्कामा उक्त लेदो धसी सुकाएर बनाएको धुम्रवतीलाई जलाउने र त्यसको धुम्र सेवनलाई आयुर्वेदले हितकर बताएको छ । चरक संहितामा विभिन्न उपयुक्त कालमा दिनमा ८ पटक धुम्रपानगर्न भनिएको छ ।

१६. अभ्यड्ड(मालिस)

आयुर्वेदमा नित्यविधिपूर्वक मालिस गर्ने प्रावधान छ । त्यसमा पनि शिर पाउ र कानको मालिसलाइ विशेष जोड दिइएको छ ।

१७. ब्यायाम

शारीरिक चेष्टाद्धारा शरिरलाई स्थिरता एवं बल प्रदानगर्ने क्रियालाई ब्यायाम भनिन्छ । अथवा शरीरमा श्रम उत्पन्न गर्ने कार्यलाई पनि ब्यायाम भनिन्छ । उचित मात्रा ब्यायाम दिनै पिच्छे गर्नु आवश्यक हुन्छ ।

१८. स्नान

दिनदिनै शुद्ध जलले नुहाउनु पनि स्वास्थ्य रक्षाको एक साधन हो ।

१९. इष्ट देवताको प्रार्थना

स्नानपश्चात् प्रार्थनाको वस्त्र धारण गरेर आफुले पुज्ने इश्वरको प्रार्थनागर्र्नुपर्दछ । प्रार्थनागर्दा सम्पूर्ण जीवजगतको भलाइको कामनापनिगर्नुपर्दछ

२०.वस्त्र धारण

भगवान्को प्रार्थनागरिसकेपछि आफ्नो वृत्ति, धर्म, कर्म सुहाउँदो वस्त धारण गर्नुपर्दछ । जाडोकालमान्यानो र गर्मीमाहल्का र शीतलतादिने वस्त्र धारण गर्नुपर्दछ भने अन्यमौसममा ऋतु अनुकुल वस्त्र धारण गर्नुपर्दछ ।)

२२. भोजन ग्रहण

आयुर्वेद सम्मतशास्त्रहरूले केवलदुई समयको मात्रभोजन गर्नु भनेको छ । भोजन तात्तातै र स्निग्ध लिनुपर्दछ ।

२३. ताम्बुल सेवनम्

भोजन पश्चात पान चबाउने चलन पुरानो हो । पानमा विशेषऔषधीय गुण भएता पनि पान खाने आधुनिक तरिका स्वास्थ्यमैत्री मानिन्न तर आयुर्वेदिय हिसाबले पान सेवन गर्नु स्वास्थ्यका लागि हितकर मानिन्छ । तसर्थ खानापश्चात सौफ, पानअदुवाको टुक्रा चबाउनुपर्दछ ।

२४. वृति धर्मका पालन

खाना खाइसकेपछि आ-आफ्नो बृति, पेसा आदिको पालनगर्न आ-आफ्नो कर्ममालाग्नु पर्दछ ।

२५. आचमनम् (मुखपाद प्रक्षालनम्)

वृत्तिधर्म पालनगरिसकेपछि पुन : घर फर्के पश्चातहातखुट्टा र मुख धुने गर्नुपर्दछ ।

२६. सन्ध्योपासना

सन्ध्या समयमा हात मुख धोएर शुद्ध भई ईश्वरको उपासना गर्नुपर्दछ । आर्यहरू सन्यामा जप, गायत्री उच्चारण, ध्यान, अग्निहोत्र आदिगर्ने गर्दछन् ।

२७. रात्रिकालिन भोजन

सन्ध्या सकिने वित्तिकै रात्रिकालिन भोजन गर्नुपर्दछ । सन्ध्याकालमा भोजन, निन्द्रा, मैथुन, पठनपाठन एवं बाहिरगमनलाई निषेध गरिएको छ । रात्रिभोजन सुपाच्य, हल्का, लधु एवं झोलिलो हुनु पर्दछ ।

२८. स्वप्न निन्द्राः दैनिक नित्य कर्म सकिसकेपछि खाएको खाना पचि सकेको निक्र्यौल गरेर अविलम्व सुत्न जानु पर्ने हुन्छ । सुत्न जादै गर्दा मनमा ईष्ट देवताको ध्यान गर्दै जानु पर्ने हुन्छ ।

२९. अतिरित्त दिनचर्याः क्रमबद्ध रूपमा गर्नुपर्नेका अलावा निम्नलिखित अन्य दिनचर्या जस्तैः  केशको हेरचाह , सौन्दर्य प्रशाधन,  कपाल कोर्नु   ,  चप्पल लगाउनु छाता ओढ्नु, छडी प्रयोग गर्नु, बुकुवा लगाउनु आदि पनि दिनचर्या कै अङ्ग हुन ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।

एक पटक पढ्नुहोस